काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका संचालक समिति अध्यक्ष दिलिप ढुङ्गानामाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ। स्रोतका अनुसार, उनले आफ्नी छोरीको विवाह समारोहका लागि बैंकका तीनवटा नेक्सन इभी गाडी विगत १५ दिनदेखि निजी प्रयोजनका लागि प्रयोग गरेका छन्। ती गाडीहरू आफन्त ओसारपसार तथा विवाहका सामान बोक्नसमेत प्रयोग गरेको पाइएको छ।

विभिन्न समयमा भ्रष्टाचार काण्डमा जोडिँदै आएका विवादित अध्यक्ष ढुङ्गानामाथि यसअघि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। केही दिनअघि मात्रै राष्ट्र बैंकमा उनीविरुद्ध भ्रष्टाचार तथा अनियमितता सम्बन्धी उजुरी परेको छ। उक्त उजुरीको सम्बन्धमा राष्ट्र बैंकले हाल छानबिन गरिरहेको जनाएको छ।

advertisement

ढुङ्गाना सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरूसँग निकट सम्बन्ध भएका कारण राजनितिक शक्तिको आडमा आफ्नो पदको पटक-पटक दुरुपयोग गर्ने गरेको उनी निकट स्रोतको भनाई छ। उनी राष्ट्रिय सभाका सांसद आनन्द ढुङ्गानाका भाइ समेत हुन्। स्रोतका अनुसार, राजनीतिक पहुँचको आडमा उनले सत्ताको दुरुपयोग गर्दै विभिन्न अनियमित कार्य गर्दै आएका छन्।

यस विषयमा प्रतिक्रिया माग्दा अध्यक्ष ढुङ्गानाले एउटा गाडी मात्र बैंकले उपलब्ध गराएको र अन्य गाडीहरू कहिलेकाहीँ मात्र प्रयोग गरेको दाबी गरेका छन्। उनले भने, “कहिलेकाहीँ सबैले प्रयोग गरिहाल्छन् नि, यो कुनै ठूलो कुरा होइन।”

सत्ता र शक्तिको आडमा यसरी खुल्लमखुल्ला सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै नियमविपरीतका कार्यमा छाती फुलाउदै गर्वका साथ अनियमितता स्विकार्ने अध्यक्ष ढुंगानामाथि नियामक निकायले कसरी छानबिन गर्छ त्यो चौतर्फी चासोको बिषय बनेको छ।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com