काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार सरकारी गाडीले माइतीघर क्षेत्रमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ।
प्रत्यक्षदर्शीका अनुसार माइतीघरमा रोकिएको पल्सर मोटरसाइकललाई मन्त्री राई चढेको गाडीले ठक्कर दिएर गाडी हुईंकिएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाको पुष्टि गर्दै भनेको छ, “मन्त्रीको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको छ, जसका कारण मोटरसाइकलको साइड मिरर फुटेको छ तर चालकलाई कुनै चोटपटक लागेको छैन।”
घटनाबारे अहिले सिंहदरबारमा छलफल भइरहेको छ । मोटरसाइकल चालकसहित गाडी त्यहीँ पुर्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार













प्रतिक्रिया