काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ।
आइतबार एक लाख ६८ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन सोमबार एक हजार ४०० रुपैयाँले बढेको हो। स्थानीय बजारमा आज छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि १५ रुपैयाँ बढेर एक हजार ९७५ मा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार












प्रतिक्रिया