वीरगन्ज । खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने कार्यमा संलग्न एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति वीरगन्ज-१३ निवासी ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिए।

advertisement

प्रतिमा चोकस्थित ‘आसमिन फ्रेश हाउस’ मा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले अनुगमन गरेको थियो। जाँचको क्रममा, फ्रेस हाउसका सञ्चालक हारुन मियाँ अन्सारीले बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको प्रमाण फेला परेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त फ्रेस हाउसबाट खसीको अण्डकोष टाँसिएको १५ केजी बाख्राको मासु बरामद गरेको छ। पक्राउ परेका अन्सारीविरुद्ध कालोबजारीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com