काठमाडौं । गीतकार एवं मुक्तककार प्रमोद भण्डारी र अध्येता एवं लेखक अभिषेक जोशीको नेतृत्वमा आज रामेछापको सुनापती गाउँपालिका-५ खनियापानीको जलदेवी मा.वि मा कक्षा १ देखि ५ सम्मको प्रत्येक विद्यार्थीलाई कापी र सिसाकलम वितरण गरिएको छ। साथै कक्षा ६ देखि १० सम्मको प्रत्येक विद्यार्थीलाई कापी, डटपेन र श्रीमद्भागवतगीता पुस्तक वितरण गरिएको छ।

उक्त अभियानमा प्रमोद भण्डारी, अभिषेक जोशी, वसन्त तिवारी, राजेश खड्का, बिराट ठकुरी र चन्द्र मानन्धर आबद्ध थिए। विद्यालयका शिक्षकहरुलाई पनि एक-एकप्रती गीता बाडिएको थियोे। साथै विद्यालयमा रहेको पुस्तकालयलाई पनि ५ प्रती उक्त ग्रन्थ उपलब्ध गराइएको छ। गाउँमा रहेको भजन-कृतन टोलीलाई पनि भागवत गीता ग्रन्थ वितरण गरिएको छ।

advertisement

धर्म संस्कृतीमा ह्रास आईरहेको समयमा हिन्दु धर्म ग्रन्थप्रती मोह जगाउन, पठन संस्कृतिको विकास गर्न तथा पुस्तक भनेको संसार चियाउने आँखीझ्याल हो भन्ने उदेश्यले उक्त ग्रन्थ वितरण गरिएको साहित्यानुरागी प्रमोद भण्डारीले बताए।

विद्यार्थीलाई मनोरञ्जन गराउनको लागि भण्डारीले आफ्नो केही मुक्तक पनि बाचन गरेका थिए। साथै सधैं बिहान् कम्तीमा २/३ पेज उक्त ग्रन्थ पढ्नको लागि विद्यार्थीलाई आग्रह गर्दै यस ग्रन्थको महत्त्व दर्शाउदै अध्येता एवं लेखक जोशीले आफ्नो मन्तव्य राखेका थिए। विद्यालयका प्रधानाध्यापकले पनि यस कार्यक्रमलाई सकारात्मक रूपमा लिदै विशेष धन्यवाद दिएका छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com