पोखरा, काठमाडौँ – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा हाइड्रोजन ग्यासयुक्त बलुन विस्फोट प्रकरणमा संलग्न भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
गत फागुन ३ गते आयोजित समारोहमा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँसेर आकाशमा उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्कोका कारण बलुन विष्फोट भएको थियो।
यस घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। अर्थमन्त्री पौडेलको कीर्तिपुर अस्पतालमा उपचारपछि सोमबार डिस्चार्ज गरिएको छ, भने मेयर आचार्य अझै केही दिन अस्पतालमै रहनुपर्ने चिकित्सकहरूले बताएका छन्।
पोखरा महानगरपालिका र सुरक्षा निकायहरूले घटनाबारे विस्तृत छानबिन गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार













प्रतिक्रिया