काठमाडौं । पाथीभरा केवलकार परियोजनाको विरोधमा जारी आन्दोलनमा प्रहरी दमन रोकिएको छैन। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गरिरहेको छ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ पक्षधर र प्रहरीबिच आज पनि झडप भएको छ । ‘नो केबलकार’ समूह क्षमा पूजाको क्रममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर नाराजुलुस गरेपछि प्रहरी दमनमा उत्रिएको हो। जसमा दर्जनौं प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेपछि बिवाद उत्पन्न भएको हो। केबलकारको नाममा सार्वजनिक प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।
ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको स्थानीयको भनाई छ।
केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्। त्यसैको बिरोधमा केही समय देखी ताप्लेजुङमा आन्दोलन चर्किरहेको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार













प्रतिक्रिया