काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् ।

उनले भनेका छन्– ‘प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ।’

advertisement

शाहले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन् । उनले थप लेखेका छन्– ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।’

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com