काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दुईवटा नागरिकता रहेको भन्ने आरोप अस्वीकार गरेका छन्।

शनिबार आयोजित श्रीमती राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’को लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले सो विषयमा प्रष्ट पार्दै भूमिगत कालका कारण पुरानो नागरिकता हराएको र त्यसपछि नयाँ नागरिकता लिन बाध्य भएको बताएका हुन्।

advertisement

उनले भने, “भूमिगत संघर्षका बेला आफू को हुँ भन्ने कुरा लुकाउनुपर्ने बाध्यता थियो। त्यस्तो अवस्थामा नागरिकता साथमा राख्नु जोखिमपूर्ण हुने भएकाले मैले त्यही बेला फ्याँकिदिएँ। पछि खोज्दा नागरिकता फेला परेन, त्यसैले कानुनी प्रक्रिया पूरा गरेर नयाँ नागरिकता लिनु परेको हो।”

प्रधानमन्त्री ओलीले नागरिकताको विषयलाई अनावश्यक विवाद बनाउन खोजिएको उल्लेख गर्दै भने, “मेरो पहिचान एउटै हो, बाबु-आमाको नाम परिवर्तन गर्न सक्दिनँ। भूमिगत कालमा पहिचान लुकाउनका लागि नाम फरक हुनुपरेको हो, तर मूल परिचय परिवर्तन भएको छैन।”

प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com