फुङलिङ । ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ। ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले लाठीचार्च गरि बल प्रयोग गर्दा खोज्दा झडप भएको हो ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर प्रदर्शनकारी र केही प्रहरी अधिकारी पनि घाइते भएका छन् ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार












प्रतिक्रिया