काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)मा ९ जना केन्द्रीय सदस्य थपिएका छन्। आइतबार अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने व्यवस्था बमोजिम भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनीत गरेको हो। ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् ।

advertisement

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।

सदस्यमा मनोनीत हुने जेकेन्द्र अध्यक्ष बाबुराम भट्टराईका ज्वाईं हुन् । बाबुरामकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com