काठमाडौं । आज बिहान २:५१ बजे सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड क्षेत्र केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC/DMG) का अनुसार भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। हालसम्म कुनै मानविय तथा भौतिक क्षतिको विस्तृत विवरण आइसकेको छैन।
विस्तृत जानकारीका लागि थप अपडेट प्रतीक्षा गर्नुहोस्।
प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार













प्रतिक्रिया