काठमाडौं । काठमाडौँमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

२०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो। सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ। पटेल ‘सार्प सुटर’ रहेको प्रहरीको भनाइ छ ।

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए।उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रहरीले थप दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com