पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई चेतावनी दिएका छन्। बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी फेसबुकमा स्टाटस लेखेपछि मन्त्री पाठकले ‘काउन्टर अट्याक’ गरेका हुन्।

पाठकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनप्रति आक्रोश पोखेका छन्। उनले लेखे,- ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्नसमेत नदिने! अनि कार्यकारी पठाइएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने? के हो बालेन भाइ, तिम्रो पारा?’

advertisement

पाठकले बालेनलाई कानुनी दायराभित्र रहेर काम गर्न चेतावनी दिएका छन्। उनले थपे, ‘हामी पनि कार्यकारी पदमै बसेर नियमअनुसार काम गरिरहेका छौँ। कानुनभन्दा माथि कोही छैन, तिमी पनि होइनौ।’

यसबाहेक, पाठकले बालेनको आर्थिक व्यवस्थापनप्रति पनि प्रश्न उठाए। ‘चार भागमध्ये एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेहरूले ठूल्ठूला कुरा गर्न छोड्नुपर्छ। तिमीजस्ता ‘चर्का कुरा’ अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख, भाइ!’ उनले कटाक्ष गर्दै भने।

यसअघि मन्त्री पाठकले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा समेत विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com