काठमाडौं । नेपाल पानीजहाज कार्यालयका सिनियर डिभिजनल इन्जिनियर तथा कार्यवाहक रजिष्ट्रार मणिराम भुषालले आन्तरिक जलमार्ग सञ्चालनको सबैभन्दा ठूलो अवरोध वन क्षेत्र रहेको बताएका छन्।
मंगलबार विधायन व्यवस्थापन समितिमा आयोजित “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी छलफलमा उनले मोटरबोटको प्रभावले वनलाई कुनै हानि नगर्ने भए पनि, वन क्षेत्रमा जलमार्ग विकासमा सख्त रोक लगाइनु गम्भीर समस्या भएको बताए।
उनले भने, “जलमार्ग विकासका लागि हाम्रो सबैभन्दा ठूलो अवरोध वन क्षेत्र हो। वन प्रशासनले जलमार्ग आफ्नो अधिकार क्षेत्रभित्र पर्छ भन्ने अडान लिएको देखिन्छ। बर्खाका बेला जब ठूला बाढी आउँछन्, तिनलाई रोक्न सकिन्न। तर सानो मोटरबोटले मात्र पानी हल्लाउने काम गर्दा पनि वनलाई छोइनु हुँदैन भन्ने धारणा बनाइएको छ, जुन अव्यावहारिक छ।”
उनले नेपाल छिमेकी देशहरूले देश विकासका ठूला-ठूला परियोजनाहरू अघि बढाइरहँदा, नेपालले सानो आर्थिक क्षेत्रसमेत विस्तार गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।
प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार













प्रतिक्रिया