काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा ‘हिटलर’ हो भनेर प्रश्न सोध्ने दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरिएको छ।
संघीय संसद सचिवालयले संसद भवन प्रवेशका लागि जारी गरेको पास एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। महासचिवस्तरीय निर्णयअनुसार ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोर कुमार श्रेष्ठलाई संसद भवन प्रवेशमा रोक लगाइएको छ।
सचिवालयले उनीहरूलाई बुधबारसम्म पास फिर्ता गर्न आग्रह गरेको छ। फागुन ४ गते, संसद भवनबाट बाहिरिने क्रममा युट्युबरहरूले प्रधानमन्त्रीलाई ‘तानाशाह’ र ‘हिटलर’ भनेका थिए।
उक्त घटनाप्रति सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले फागुन ५ गतेको संसद बैठकमा ध्यानाकर्षण गराएका थिए। त्यसपछि सचिवालयले उनीहरूको पास निलम्बन गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार













प्रतिक्रिया