काठमाडौं । नेपालमा राजसंस्थाको पुनःस्थापनाबारे बहस चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्यपूर्ण प्रतिक्रिया दिएका छन्।

बिहीबार संघीय संसद् भवनबाट बाहिरिने क्रममा एक पत्रकारले प्रधानमन्त्री ओलीलाई सोधिन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंको अनुहार मलिन देखिन्छ, बोल्न चाहनुहुन्न। राजावादीहरूले वैशाख ११ गते राजा गद्दीमा फर्काउने दाबी गरेका छन्, यसबारे तपाईंको धारणा के छ ?’

advertisement

प्रधानमन्त्री ओली केही क्षण मौन रहे। तर, सोही प्रश्न दोहोरिएपछि उनले संक्षिप्त जवाफ दिए, ‘राजगद्दीजस्तो एउटा कुर्सी त जहाँ राख्न सकिन्छ, होला… खुट्टी देख्दै पत्याइयो,’ भन्दै अगाडि बढे।

राजसंस्थाका पक्षधरहरू सक्रिय

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएका अभिव्यक्तिपछि राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेका समूहहरू सक्रिय बन्दै गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शाहको अभिव्यक्तिलाई समर्थन जनाउँदै प्रदर्शनहरू गर्दै आएको छ।

राप्रपाले पूर्वनिर्धारित फागुन २५ गतेको आमसभा स्थगित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने निर्णय गरेको छ।

यसै सन्दर्भमा बुधबार बबरमहलदेखि नारायणहिटी दरबारसम्म पूर्वराजाको तस्बिर र राष्ट्रिय झन्डासहित मोटरसाइकल र्‍याली निकालिएको थियो। राजसंस्थाप्रति समर्थन जनाउने गतिविधिहरू क्रमशः तीव्र भइरहेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com