काठमाडौं । जनकपुरबाट काठमाडौं उडेको बुध्द एयरको एक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै सकुशल अवतरण गरेको छ।
उक्त बुध्दको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भने गरेको छ ।
जनकपुर विमानस्थलबाट साँझ ४:३९ बजे काठमाडौंका लागि उडेको जहाजले ५:०६ बजे सुरक्षित अवतरण गरेको थियो। तर, विमानस्थलमा अवतरण भएपछि मात्र जहाजको अगाडिको एउटा पांग्रा हराएको पत्ता लागेको हो।
उडानकै क्रममा पांग्रा छुटे पनि चालक दललाई जानकारी भएन
जनकपुरबाट उड्ने बेलामा जहाज पूर्ण रूपमा सामान्य अवस्थामा थियो। तर, काठमाडौं आइपुग्दा जहाजको अगाडि अनिवार्य रूपमा हुनुपर्ने दुईमध्ये एउटा नोज ह्वील हराइसकेको थियो। आश्चर्यजनक रूपमा, यो पांग्रा जनकपुर विमानस्थलको धावनमार्गमै फेला परेको छ।
चालक दलका अनुसार उडानकै क्रममा पांग्रा छुटे पनि कुनै संकेत (इन्डिकेटर) नदेखिएकोले उनीहरूले यसबारे केही थाहा पाएनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल भन्छन्, “जहाज पार्किङमा पुगेपछि मात्र पांग्रा नभएको पुष्टि भयो। ल्यान्डिङ गेयरको चेतावनी प्रणालीले कुनै असमान्य सूचना नदेखाएका कारण अवतरण सहज बन्यो।”
६२ यात्रु सवार जहाज सुरक्षित
जहाजमा ६२ जना यात्रु थिए। भाग्यवश, जहाज सुरक्षित अवतरण गरियो र कुनै अप्रिय घटना भएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले यसबारे कुनै आधिकारिक रिपोर्ट नआएको प्रतिक्रिया दिएका छन्।
हाल जहाजलाई ग्राउन्डेड गरेर थप जाँच गरिएको छ। यो घटनाले नेपालमा हवाई सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया