काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्वीर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग भएको थियो । त्यसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नु पर्‍यो भने विदेशीको तस्वीर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’

advertisement

उनले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासंघको ११औं महाधिवेशन तथा नागरिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट पारे ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com