काठमाडौं । रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलासा गरेका छन्।

मंगलबार मुकुलले सामाजिक सञ्जालमार्फत रास्वपा स्थापना हुनुअघि नै रवि र पूर्वराजाबीच भेटवार्ता भएको खुलासा गरेका हुन्।

advertisement

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’ को? भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।’

मुकुलले आफूले रविलाई राजा ल्याउने वा आउने कुरा आफूहरूले भनेर मात्र नहुने, राजा आफैंले बोल्नुपर्छ भनेर प्रस्ताव गरेको तर, राजा बोल्न तयार नभएपछि गठतन्त्रवादी दल खोलेको दाबी पनि गरेका छन्।

उनले भनेका छन्, ‘त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो। मैले प्रस्ताव राखें, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो। राजाबाट सकारात्मक कुरा आएन। सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्‍यौं।’

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com