काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुर्ति, गैडाको खाग, हात्तिको पुच्छरलगायतका निर्यात गरेर नेपालमा लागूऔषध हिरोइन आयात गर्ने कुख्यात व्यापारीको संज्ञा दिएका छन् ।

आज (मंगलबार) भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री किरातीले त्यस्ता कुख्यात व्यापारीबाट जनताले आशा गर्ने कुनै कुरा नरहेको बताए । पूर्वराजाले राजनीतिमा आउने चेष्टा नगर्दै राम्रो हुने उनको चेतावनी छ ।

advertisement

पूर्वराजाका छोरा पारसलाई पनि उनले लागूऔषध भण्डारण र गुण्डाको नाइकेको रुपमा चित्रण गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

‘उसको चरित्रको कुरा गर्ने हो भने ज्ञानेन्द्र एउटा कुख्यात व्यापारी हो । राजाको छोराको नाताले एयपोर्टमा, कुनै पनि भन्सारमा चेकजाँच नहुने । त्यो बेला नेपालबाट गैडाको खाग निर्यात गर्ने, हात्तिको दन्त र पुच्छार निर्यात गर्ने, राम्रा र महँगा कुरा, मुर्तिहरु निर्यात गर्ने र नेपालमा हिरोइन भित्र्याउने कुख्यात व्यापारी हुन् । अन्तर्राष्ट्रिय रुपमा पनि उसको छवि राम्रो छैन । ज्ञानेन्द्रपछि अर्को राम्रो शाह आउला नि त भन्यो भने लगत्तै पारस छ । जो गुण्डाको नाइके हो, लागूऔषधको भण्डारण हो,’– नेता किरातीले भने ।

राजतन्त्रको एजेणडा बोकेर हिँडेका राप्रपा, राप्रपा नेपाललगातलाई नेता किरातीले जाली, झेली र फटाहाको संज्ञा दिए । अब नेपालमा कहिल्यै पनि राजतन्त्र नफर्किने र बरु गणतन्त्रको उपचार भने गर्नुपर्ने बेला भएको उनको भनाइ छ । नेता किरातीले संविधानलाई प्रगतिशील ढंगले संशोधन गरिनुपर्ने आवश्यकता औंल्याए ।

  • रिपोर्टस नेपाल

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com