काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतको समर्थन नेपालको लोकतान्त्रिक प्रणालीप्रति नै केन्द्रित रहेको बताएकी छिन्।

भारतको झन्डै दुई हप्ते भ्रमण सम्पन्न गरी शुक्रबार दिउँसो स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल–भारत सम्बन्ध, हालको राजनीतिक परिदृश्य र भारतको धारणा स्पष्ट पार्ने प्रयास गरिन्।

advertisement

उनले भनिन्, “नेपालको राजनीतिक प्रणालीबारे भारतसँग विशेष छलफल भएन। तर, भारतको समर्थन लोकतान्त्रिक प्रणालीप्रति नै छ भन्ने कुरा उनीहरूको हरेक गतिविधिबाट बुझ्न सकिन्छ। अहिलेको सरकारसँग भारत गहिरो रूपमा संलग्न देखिन्छ। प्रणाली परिवर्तनको कुनै संकेत मैले देखिनँ।”

नेपालमा राजसंस्था पुनःस्थापनाको मागसहित राजावादी आन्दोलन उत्कर्षमा रहेका बेला मन्त्री देउवाको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको थियो। कतिपयले उनको भ्रमणलाई भारतको राजावादी आन्दोलनप्रतिको धारणा बुझ्ने प्रयासका रूपमा व्याख्या गरेका थिए। तर, स्वदेश फर्किएपछि उनले भारतको प्राथमिकता नेपालको लोकतान्त्रिक व्यवस्था नै रहेको स्पष्ट पारेकी छिन्।

प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com