काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर अझ योग्य व्यक्ति नियुक्त गरिएको बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले सो धारणा व्यक्त गरेका हुन्। सञ्चारकर्मीले “कुलमानलाई हटाएपछि जनस्तरमा असन्तोष देखिएको छ” भन्ने प्रश्न राख्दा उनले सहज रूपमा उत्तर दिए, “मलाई त त्यस्तो लाग्दैन। उहाँभन्दा योग्य व्यक्ति नियुक्त गरेका छौँ।”

advertisement

तर, थप प्रश्नहरूको उनले कुनै स्पष्ट प्रतिक्रिया दिएनन्। बरु, सञ्चारकर्मीको जिज्ञासालाई हाँसेर टार्ने प्रयास गरे।

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com