काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालै भएका राजनीतिक प्रदर्शनहरू प्रति असन्तोष व्यक्त गर्दै प्रश्न उठाएका छन् – “नानीबाबुहरूले के सिक्छन् बाहरू?”

शुक्रबार काठमाडौंमा दुई फरक धारका शक्ति प्रदर्शनहरू भए। भृकुटीमण्डपमा समाजवादी मोर्चाले शान्तिपूर्ण रूपमा आफ्ना विचार व्यक्त गर्यो, तर तीनकुनेमा राजावादी समूहको प्रदर्शन नियन्त्रण बाहिर गएर हिंसात्मक बन्यो।

advertisement

यस घटनाका क्रममा दुईजनाले ज्यान गुमाए, केही सवारीसाधन र घरहरूमा आगजनी भयो, र निजी पसलहरू समेत लुटिए।

काठमाडौं महानगरपालिकाले यसअघि नै सार्वजनिक रूपमा सभा तथा प्रदर्शन नगर्न अनुरोध गरेको थियो। तर, उक्त चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शन भएपछि त्यसले दंगा र क्षतिको रुप लियो। यही परिस्थितिलाई इंगित गर्दै मध्यराति बालेन शाहले सामाजिक सञ्जालमा आफ्नो रोष प्रकट गरेका हुन्।

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com