गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका हुन्।

advertisement

उनले भने,’म भागेको छैन, भाग्ने छैन। पुलिस प्रशासनले मलाइ खोज्नु पर्दैन। मलाई गुन्जालो बनाएर यो अभियान दबाउन कोसिस गरिएको छ। म सुरक्षित मात्र बसेको हुँ। मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भनेर सुरक्षित बसेको छु। म भागेको छैन। म नेपाल र नेपाली छोडेर भाग्ने छैन। म भाग्न जन्मेको होइन्। म झुक्न जन्मेको होइन। म बरु मर्छु, तपाईँहरूकै अगाडि मर्छु।’

प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com