काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बाङ्गो हुन सुझाव दिएका छन्।

बालेनलाई सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन्- ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्।’

advertisement

बिहीबार (आज) काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनाव सृजना भएको थियो। विवाद भएको भन्दै बालेन सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने पक्षमा थिए।

उनले उनका प्रहरीलाई पनि सोही निर्दशन दिएका थिए। तर, उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिरसमेत गराए। यसपछि हर्कले बालेनलाई यस्तो सुझाव दिएका हुन्।

प्रकाशित मिति: २० चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com