काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेलाई अलग-अलग हेर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले रास्वपाका लागि रवि बिर्सनुपर्ने तर्क गरेका हुन्।

रास्वपाबाट निलम्बनमा परेका ढकालले लेखेका छन्, ‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुइ-चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन।’

advertisement

रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीको आरोप छ। गत शुक्रबार तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै उनी पक्राउ परेका छन्। शनिबार र आइतबार बिदा भएका कारण आज लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com