दमौली, तनहुँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकहरूले उठाएका मागहरू यथाशक्य चाँडो सरकारले सम्बोधन गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
नेपाल तरुण दल तनहुँ जिल्ला कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम तथा ‘तरुण यात्रा’ पुस्तक विमोचन समारोहमा बोल्दै महामन्त्री थापाले शिक्षकहरूको धेरैजसो मागहरू कार्यपालिकाको निर्णयबाटै समाधान गर्न सकिने भएकाले सरकारले ढिलासुस्ती गर्न नहुने बताए।
“शिक्षकहरूले राखेका अधिकांश मागहरू मन्त्रिपरिषद् बैठकमार्फत समाधान गर्न सकिने प्रकृतिका छन्,” थापाले भने, “सरकारले गम्भीरताका साथ यी मागहरू तुरुन्त सम्बोधन गर्नु अपरिहार्य छ।”
उनका अनुसार केही मागहरू तत्काल मन्त्रिपरिषद्ले पुरा गर्न सक्ने छन् भने बाँकी मागहरू कानुनी प्रक्रिया मार्फत चाँडै कार्यान्वयन गर्न सकिने अवस्था छ। कार्यक्रममा महामन्त्री थापाले ‘तरुण यात्रा’ नामक पुस्तक विमोचन गर्नुका साथै प्रशिक्षण कार्यक्रमको पनि औपचारिक उद्घाटन गरे।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार













प्रतिक्रिया