काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएका छन्।

राज्यमन्त्री तामाङले सचिव आचार्यले पदीय आचरणविपरीत व्यवहार गर्दै अनदेखा र असहयोगपूर्ण रवैया देखाएको आरोप लगाएका छन्। उनले यही चैत २५ गते जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको एक कार्यक्रमको सन्दर्भमा उक्त स्पष्टिकरण मागेका हुन्।

advertisement

उक्त कार्यक्रममा विभागीय मन्त्री अनुपस्थित रहँदा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए। तर, कार्यक्रममा मञ्चबाट आसन ग्रहण गर्नका लागि बोलाउँदा पनि सचिव आचार्य उपस्थित नभएको स्पष्टिकरण पत्रमा उल्लेख छ।

त्यस्तै, सचिव आचार्यले “राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न सक्दिन” भन्ने गरी दिएको तुच्छ र अपमानजनक अभिव्यक्तिप्रति पनि राज्यमन्त्री तामाङले आपत्ति जनाएका छन्।

स्पष्टीकरण पत्रमा तामाङले प्रश्न गरेका छन्, “तपाईंले कुनै विशेष प्रभावमा परेर वा पूर्वाग्रहका आधारमा विभागीय मन्त्रीको अपमान गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नुभएको हो?”

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com