काठमाडौं । काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे जवाफ माग्दै सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन प्रस्ताव गरेका छन्।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजालाई समितिमा उपस्थित गराई घटनाको विषयमा सोधपुछ गर्नुपर्ने बताएका छन्। “पूर्वराजा ज्ञानेन्द्रलाई समितिमा बोलाएर घटना सम्बन्धी स्पष्ट स्पष्टीकरण लिनुपर्छ,” परियारले भने।

advertisement

उनले पूर्वराजा पनि अन्य आम नागरिक सरह भएको उल्लेख गर्दै थपे, “उहाँलाई पनि संविधानले दिएको हक बराबरका छन्, तर लोकतान्त्रिक मूल्य–मान्यता मिच्ने वा अराजकता मच्चाउने अधिकार कसैलाई पनि छैन।”

तीनकुने घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले समेत पूर्वराजालाई संसद्मा जवाफदेही बनाउनुपर्ने धारणा राखेका छन्।

गत चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको प्रदर्शन उग्र बनेपछि भएको झडपमा दुई जनाको ज्यान गएको थियो। उक्त घटनामा निजी सम्पत्तिमा क्षति पुगेको छ भने नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी समेत भएको थियो।

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com