काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले दुर्गा प्रसाईँलाई सुट गर्न आदेश दिने अभिव्यक्ति दिएकी छन्।

प्रतिनिधि सभाअन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईँलाई सुट गर्नुपर्ने बताएकी हुन्।

advertisement

‘जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्। यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थे, ’उनले भनिन्।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा कमाण्डर भनिएका प्रसाईँले प्रहरीमाथि गाडी हत्याउँदै निषेधित क्षेत्र तोडेका थिए। उनले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न आह्वान पनि गरेको भिडियो भाइरल बनेको थियो। त्यसै सन्दर्भमा सांसद यादवले आफूलाई उक्त दृश्य असैह्य भएको बताएकी हुन्। ‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जान मिल्छ ? कस्तो नैतिकता हो यो ? उसले गर्न खोजेको के होरु ऊ सर्वोपरि हो ? उसले जे बोले नि हुने ?, ’ उनले प्रश्न गरिन्।

उनले हतियार खोसेपछि मात्रै प्रहरीले गोली चलाएको बताए। प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ।

प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com