काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पार्टीको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए ।

साथै, महासचिव पोखरेले कांग्रेस–एमालेले मात्र्रै गणतन्त्र जोगाउन सक्ने बताए । उनले गत चैत १५ गते काठमाडौंका तीनकुनेमा हिंसात्मक घटनाका योजनाकारलाई कानुनी कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको पनि जानकारी गराए ।

advertisement

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com