काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताएका छन्।

जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले कतिपयले कुनै पार्टीहरुविरुद्ध गलत प्रचार गर्नको लागि मान्छे नै खटाइरहेको जिकिर गरेका छन्।

advertisement

उनले भने, ‘मोबाइल लिएर फलानो फलानोलाई गाली गर भनेर खटाइएको छ। फटाहा, चोर, बदमास हुन् भनेर भन भनेर लेखिरहेका छन्। हामीहरू आफूमाथि नै विश्वास गर्न छाडेर त्यो सुन्दा हेर्दा हाम्रो पनि त्यही कुरा विश्वास गर्ने निष्कर्षमा पुग्न थालिसकेका छौँ।’
अहिले कुनै अर्को देशमा बसेर काँग्रेसलाई खतम बनाउने षड्यन्त्र गरेर लागिरहेको जिकिर गरेका छन्।

उनले भने, ‘हाम्रो ८ लाख सक्रिय सदस्य छन्। त्यसमा एक लाखले काँग्रेसलाई सामाजिक सञ्जालमा डिफेन्स गर्न थालौँ त। काँग्रेसको कामको बारेमा भन्न थालौँ त। अरूको भ्रमको बारेमा लेख्न थालौँ त। भ्रमको पर्दा गिर्छ। अहिले राजावादीहरूले पनि त्यही गरिरहेका छन्। पहिले रविहरूले गर्थे। सामाजिक सञ्जालमा राजाको समयमा सुनौलो युग थियो भनेर प्रचार गर्दैछन्।’

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com