काठमाडौं । जाजरकोट पुनः भूकम्पको धक्काले हल्लिएको छ। सोमबार राति र मंगलबार बिहान गरी साढे ७ घण्टाको फरकमा दुईपटक भूकम्प गएको हो।

राति ९ बजेर ३१ मिनेटमा जाजरकोटको कुशे गाउँपालिका–१ स्थित पैंक केन्द्रबिन्दु बनाउँदै ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको लगभग साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेटमा पुनः सोही क्षेत्र केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

advertisement

यसअघि पनि गत चैत २१ गते साँझ ८ बजेर ७ मिनेट र त्यसको तीन मिनेटपछि ८ बजेर १० मिनेटमा सोही स्थानमा ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएको थियो। ती भूकम्पबाट केही घरमा सामान्य क्षति पुगेको थियो।

लगातार भूकम्पीय गतिविधिले जाजरकोटबासीमा चिन्ता थपिएको छ। स्थानीय तह तथा सम्बन्धित निकायले सजग रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com