काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले काँग्रेसको भविष्यलाई क्षति नहुने दाबी गरेका छन्।
आज काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद् द्वारा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले काँग्रेसको स्थायित्वमा कुनै असर नपर्ने दाबी गर्दै भने, “हामी फोहोर सफा गर्न पोखरीमा गएका हौं, त्यसैले बाहिरबाट हेर्दा फोहोर नै देखिन्छ। तर, हामी मिसिन गएको होइन, सफा गर्न गएका हौं। हामी कुनै पनि पक्षमा समाहित हुन गएका छैनौं।”
महामन्त्री थापाले एमालेसँगको सहकार्यका क्रममा अपेक्षित काम पूरा नगरेको भन्दै असन्तोष पनि व्यक्त गरे। उनले भने, “दुई ठूला पार्टी मिल्दा संविधान संशोधन र जनअपेक्षाका कार्यहरू सम्पन्न गर्न सकिने विश्वास थियो, तर ती कार्यहरू ढिला भएका छन्।”
उनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सुधार नदेखिएकोमा पनि चासो व्यक्त गर्दै भने, “काँग्रेसको उपस्थिति हुँदा वडामा, पालिकामा र संघीय सरकारमा चित्तबुझ्दो काम भएको छैन।”
प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया