काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो विचारधारामा नेपाली कांग्रेस र कम्युनिष्ट दुबै धाराका सकारात्मक पक्ष समेटिएको बताएका छन्।
बुधबार राजधानीमा आयोजित नेपाली कांग्रेसका दिवंगत नेता चन्द्रप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थ लोकार्पण समारोहमा बोल्दै डा. भट्टराईले कांग्रेसले व्यक्तिगत स्वतन्त्रता र कम्युनिष्टले सामाजिक समानताको पक्षमा बोल्ने गरे पनि यी दुवै विचार अधुरो भएको बताएका छन्। उनले आफूमा यी दुवै विचारधाराका गुणहरू समेटिएका कारण आफू नयाँ खालको राजनीतिक सोच लिएर अगाडि बढिरहेको दाबी गरे।
“कांग्रेस र कम्युनिष्ट लोकतान्त्रिक वृक्षका दुई हाँगाजस्ता हुन्। कांग्रेसले व्यक्तिगत स्वतन्त्रतामात्र जोड दिन्छ, भने कम्युनिष्टले समानतामात्र कुरागर्छन्, जुन अपूरो हो। म ती दुई धाराको संयोजन हुँ—थोरै कांग्रेस, थोरै कम्युनिष्ट, तर उनीहरूभन्दा केही अघि बढेको व्यक्ति हुँ,” उनले स्पष्ट रूपमा बताए।
उनको भनाइमा, नेपालको राजनीतिक परिवर्तनलाई नयाँ दिशामा लैजान दुवै विचारधाराको समिश्रण आवश्यक छ, र आफू त्यसै सोचका साथ अघि बढिरहेको उनले संकेत गरे।
प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार













प्रतिक्रिया