काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गतेको दिनलाई ऐतिहासिक विजय दिवसको रूपमा स्मरण गर्दै त्यस अवसरमा आयोजना हुने युवा महोत्सवमा सहभागी हुन सबैमा आग्रह गरेका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दिन नेपाली जनताले राजतन्त्रलाई अन्त्य गरी जनताको अधिकार सुनिश्चित गरेको दिन भएको बताए।
उनले भने, “राजाले अधिकार खोसेर जनतालाई रैती बनाएका थिए। तर २०६३ साल वैशाख ११ गते जनताले संघर्ष गर्दै त्यो निरंकुशता परास्त गरे। त्यो दिन हामीले अधिकार पुनः प्राप्त गरी लोकतन्त्र र गणतन्त्रको विजय सुनिश्चित गरेका थियौं।”
प्रधानमन्त्री ओलीले त्यस ऐतिहासिक क्षणलाई सम्झिँदै युवा महोत्सवको रूपमा मनाउने तयारी भएको जानकारी दिए। “त्यस दिन हामीले महोत्सवको रूपमा युवा महोत्सव मनाउँदैछौं। त्यसमा सबैको सहभागीता हुनुपर्ने आवश्यकता छ,” उनले भने।
उनले एमाले पार्टी देशको विकास, समृद्धि र स्थायीत्वका लागि दृढ संकल्पका साथ अघि बढिरहेको पनि दाबी गरे।
“देशलाई समृद्ध बनाउन हामी गम्भीरताका साथ क्रियाशील छौं,” ओलीले जोड दिए।
प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया