काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ ।

 

advertisement

दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन अगाडी सारेपछि उनको राजीनामा आएको हो ।​

भट्टले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत भए नभएको भने जानकारी प्राप्त भएको छैन ।

 

हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्ट जुनियर भएको प्रश्न भने उठेको छ । वरीयताका हिसाबले भट्ट राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर र दुई कार्यकारी निर्देशकपछि पाचौं नम्बरमा छन् । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका भट्ट काँग्रेस निकट हुन् ।

यसअघि गभर्नरको दौडमा रहेका रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्री उमेर हदसम्बन्धी व्यवस्थालाई लिएर दायर भएको रिटमा सर्वोच्चबाट आएको आदेशपछि उनीहरु दुवै जना गभर्नरको दौडबाट बाहिरिएका थिए ।

भट्टको राजीनामाले सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक समेत छिटै बस्ने बताइएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com