काठमाडौँ — तीनकुने घटनासँग सम्बन्धित आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरेको हो। क्यान्सर पीडित राणालाई स्वास्थ्य परीक्षण तथा नियमित फलोअपका लागि भारत जानुपर्ने भएकाले यस्तो निर्णय लिइएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार राणाको प्रारम्भिक बयान र अनुसन्धान प्रक्रिया पूरा भइसकेको छ भने आवश्यक परेमा उनीमाथि मुद्दा अघि बढाइनेछ भने हाललाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो । राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै प्रहरीले पनि उनलाई जमानीमा छोड्न सुझाव दिएको थियो। अब छिट्टै उनी रिहा हुने बताइएको छ ।
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया