काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसले समस्यालाई केवल औँल्याउने होइन, समाधान दिनेसम्मको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको उद्देश्य समस्याबाट पन्छिने नभई समाधान खोज्ने हुनुपर्नेमा जोड दिए। “समस्या भएको ठाउँमा कांग्रेस जान्छ र समाधान दिन्छ,” थापाले भने ।

advertisement

रोजगार अभावजस्ता जटिल समस्याहरू समाधान गर्न कांग्रेसले अग्रसरता देखाउनुपर्ने बताउँदै उनले कार्यशैली र दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको धारणा राखे।

“अब हामी गनगन गर्ने होइन, रुवाबासी गर्ने पनि होइन,” उनले भने, “हामी समाधान दिनेछौं, किनभने कांग्रेस समाधान खोज्ने र दिने पार्टी हो।”

महामन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका अव्यवस्थाहरूको अन्त्य गरी दीर्घकालीन समाधानतर्फ पार्टीले स्पष्ट योजना ल्याउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com