काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओलीको राजनीतिक प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् । गौरादह नगरपालिकामा आयोजित नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न नसक्दा देशमा थप निराशा फैलिएको बताए । गजुरेलले कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गर्ने हो भने आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारे। तर, सरकारमा भने सहभागी नहुने माओवादी केन्द्रको धारणा रहेको उनले बताए ।

advertisement

“जनताको चाहना सरकार परिवर्तनसँगै आगामी २०८४ सालसम्म सरकारमा सहभागी नहुनुपर्ने भन्ने पनि छ,” गजुरेलले भने।

उनले मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले असफल हुने जोखिममा रहेको उल्लेख गर्दै त्यसका लागि केपी ओली प्रवृत्ति नै जिम्मेवार रहेको आरोप लगाए ।

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com