काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओलीको राजनीतिक प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् । गौरादह नगरपालिकामा आयोजित नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न नसक्दा देशमा थप निराशा फैलिएको बताए । गजुरेलले कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गर्ने हो भने आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारे। तर, सरकारमा भने सहभागी नहुने माओवादी केन्द्रको धारणा रहेको उनले बताए ।
“जनताको चाहना सरकार परिवर्तनसँगै आगामी २०८४ सालसम्म सरकारमा सहभागी नहुनुपर्ने भन्ने पनि छ,” गजुरेलले भने।
उनले मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले असफल हुने जोखिममा रहेको उल्लेख गर्दै त्यसका लागि केपी ओली प्रवृत्ति नै जिम्मेवार रहेको आरोप लगाए ।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया