काठमाडौं । शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।
आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया