फुङ्लिङ । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहारप्रति नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका भट्टराईलाई गाली गलौज र अराजक कृयाकलाप गरिएको भन्दै आपत्ति जनाएको हो।
शनिबार जिल्ला कमिटी ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै अराजक गतिविधिका घटनामा संलग्न भएरगाली गलौज गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाहीको गर्न माग गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन्द्र पोपु (दिपेन) ले पर्यटन प्रबर्द्धन जस्ता कार्यक्रममा आमन्त्रण भई सहभागी भएका अतिथि माथि भएको अराजक व्यवहार आपत्तिजनक रहेको बताए। पछिल्लो समय नेकपा (एमाले) लक्षित गतिविधि भएकोले सभ्य राजनीति गरि सुन्दर समाज निर्माण गर्नुपर्ने उनको भनाइ छ।
यस्तै युवा सङ्घ नेपालले विज्ञप्ति जारी गर्दै यस्ता अवान्छित गतिविधि गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेको छ।
महोत्सवको समापन पश्चात प्रमुख अतिथि सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित काठमाडौँ प्रस्थान गर्न हेलिकप्टर चढ्न जाने क्रममा केही युवाहरूले सांसद भट्टराईमाथि नारा लगाएपछि भट्टराईको सुरक्षाको लागि उनलाई सौचालयमा लुकाइएको थियो।
प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार













प्रतिक्रिया