काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ गरेको खुलेको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए ।

स्रोतका अनुसार पूर्वराजाले छलफलको सुरुमै तीनकुनेको घटना किन हिंस्रक भयो ?’ भन्दै राप्रपाका नेताहरूलाई प्रश्न गरेका थिए ।  ‘आन्दोलनमा नेपाली आमाका छोराछोरी कोही मर्नु हुँदैन’, पूर्वराजा शाहको भनाइ थियो, ‘हामीले मान्छे नमरुन् भनेर नै हिजो सहज र शान्तिपूर्ण रूपमा सत्ता छाडेको हो ।’

advertisement

यस्तै पूर्वराजाले जुनसुकै आन्दोलन पनि शान्तिपूर्ण हुनुपर्नेमा जोड समेत दिएका थिए । राप्रपाले आइतबार राजधानीमा प्रदर्शन आयोजना गरेको अवस्थामा पूर्वराजाले प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ ।

‘पुलिसलाई गुलाफको फूल दिनू , प्रहरी आफ्नो दाजुभाइ हो । मान्छे मारेर आएको व्यवस्था कहिले पनि ठिक हुँदैन’, उनको भनाइ थियो ।

 

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com