काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आइतबारको प्रदर्शनमा निषेधित क्षेत्र नेताहरुले नै तोड्ने बताएका छन्।
बिजुलीबजारमा प्रदर्शनको तयारीका लागि पुगेका तामाङले निषेधित क्षेत्र कार्यकर्ताहरूले होइन, नेताहरुले नै पार गर्ने स्पष्ट पारेका छन् ।
उनले भने, “निषेधित क्षेत्र हामी नेताहरुले नै तोड्छौं। कार्यकर्ताहरूलाई जानु पर्दैन, हामीले बोलाएका पनि छैनौं। निषेधित क्षेत्र तोड्न हामीलाई कुनै डर छैन। ढुंगा मुढा गर्ने हामी होइनौं, तर डराउने पनि होइनौं ।”
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार












प्रतिक्रिया