काठमाडौं — संबैधानिक निकायमा गरिएको ५२ वटा नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ लगातार जारी छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भैरहेको हो । इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सहभागी छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेका १५ वटा रिट निवेदनमा माघ महिनादेखि मात्र नियमित सुनुवाइ सुरु भएको हो।
यो मुद्दालाई विशेष प्राथमिकता दिइएको छ, जसअनुसार सामान्यतया बुधबार र शुक्रबार मात्र बस्ने पूर्ण इजलास विशेष पहलका साथ नियमित रुपमा सुनुवाइ गरिरहेको छ।
गत बुधबार यो मुद्दामा चौथो दिन सुनुवाइ सम्पन्न भएको थियो।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया