काठमाडौं —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उक्त रिट दायर गरेका हुन् ।

advertisement

लामिछानेलाई गैरकानुनी थुनामुक्त गराउन माग गर्दै दायर गरिएको रिटमा सोमबारका लागि पेशी तोकिएको छ ।  उनलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दायर भइसकेको छ  ।

सर्वोच्च अदालतले उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत र जिल्ला अदालतबाट सम्बन्धित कागजात झिकाउन आदेश गरिसकेको छ। हाल लामिछाने रूपन्देही जिल्ला कारागारमा थुनामा छन्।

यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com