काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राप्रपाका नेताहरुले सिंहदरबारभित्र प्रदर्शन गरेर निषेधित क्षेत्र तोडेको भनेर नाटक मञ्चन गरेको टिप्पणी गरेका छन्। उनले राजेन्द्र लिङ्देनहरुको नाटक आफूलाई गज्जब लागेको पनि उल्लेख गरेका छन्।

बस्नेतले सामाजिक संजालमा लेखेका छन्– ‘बाहिर सड्कमा शक्ति प्रदर्शन गरेर देखाउन मान्छे नाआउलान भन्ने चिन्ता ! निषेधित क्षेत्र तोडदा झडप र घाइते हुने सम्भाबना ! राजेन्द्र लिङ्देन , बुद्धिमान तामाङ्ग र ज्ञान बहादुर शाहीले सिंहदरबार भित्रै संसदीय दलको कार्यालयमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोडे भनेर नाटक मंचन गरेर गिरफ्तारी दिएछन । यो उपाय चाही गज्जब लाग्यो । पुर्व राजा पनि खुसी , आफु पनि सुरक्षित , उपस्थित सिमित कार्यकर्ता पनि हाजिर जनायो घर गयो !’

advertisement

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com