काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीको शर्तमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, बोलाइएको समयमा उपस्थित हुने सर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको हो।

चैत १५ गते तीनकुने क्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। क्यान्सरको उपचारका लागि भारत जानुपर्ने कारण देखाउँदै उनलाई रिहा गरिएको एसएसपी अधिकारीले जानकारी दिए।

advertisement

“स्वास्थ्य उपचारको आवश्यकताका कारण उहाँलाई हाजिर जमानीमा छोडिएको हो,” अधिकारीले भने। साथै, जबराको जिम्मेवारी उनकी श्रीमतीले लिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com