काठमाडौं — गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई थप पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ निवासी ४८ वर्षीय ओम प्रकाश लुइँटेल हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई हाल लुइँटेलविरुद्ध अनुसन्धान भइरहेको छ।
तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आयोजना गरेको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी जस्ता आपराधिक कार्यमा लुइँटेल संलग्न भएको प्रमाण भेटिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिएका छन् ।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार












प्रतिक्रिया